Logo
६ जेष्ठ २०८१, आईतबार
(August 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशका धेरै स्थानमा मंगलबारसम्म भारी बर्षा हुने

नेपालमा बिहीबारदेखि सक्रिय भएको मनसुन सक्रियता अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आइतबार, सोमबार र मङ्गलबारसम्म नै धेरै स्थानमा हल्का, मध्यम र भारी वर्षाको सम्भावना रहेको विज्ञान विभागले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक ढलपल नगरी रहेकाले नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्म नै मनसुनको सक्रियता एकनासको रहेको विभागले जनाएको छ ।

हाल प्रदेश १, २ लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा पूर्ण बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी सक्रियताले अबको केही दिन देशका धेरै स्थानमा भारी वर्षा हुनेछ । तीन दिनभन्दा बढी समय नै नेपालका अधिकांश भूभागमा भारी वर्षा हुने आकलन गरिएको छ ।

निरन्तरको वर्षाले देशका मुख्य नदीहरू कोसी, कर्णाली र तिनका सहायक नदीहरूको बहाव बढ्नुका साथै खहरे खोलामा आकस्मिक बाढी आउने सम्भावना औँल्याइएको छ ।

प्रकाशित मिति: Aug 15, 2021

प्रतिक्रिया दिनुहोस्