Logo
६ जेष्ठ २०८१, आईतबार
(August 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानको राजधानी काबुलबाहेक सबै प्रमुख सहर तालिबानले लियो कब्जा

अफगानिस्तानको राजधानी काबुल बाहेक सबै प्रमुख सहर तालिबानले कब्जा लिएको छ । आइतबार बिहान अफगानिस्तानको पूर्वी सहर जलालाबाद पनि तालिबान लडाकुले कब्जामा लिएको बीबीसीले उल्लेख गरेको छ।

अब अफगानिस्तानको राजधानी काबुल मात्रै सरकारको नियन्त्रणमा छ । तालिबान लडाकु हाल अफगानिस्तानको राजधानी काबुलबाट ११ किलोमिटर मात्रै टाढा रहेको बताइएको छ ।

शनिवार थप दुई प्रमुख सहर कब्जामा लिन सफल भएको तालिबानले आइतबार बिहान जलालाबाद पनि नियन्त्रणमा लिएको बताइएको छ । शनिवार उत्तरी सहर मजार-ए-शरिफमाथि कब्जा जमाएको थियो ।

अफगानिस्तानको राजधानी काबुल पनि तालिबान लडाकुको कब्जामा आएमा अफगानिस्तान सरकार र सेनाका लागि सबेभन्दा ठुलो सङ्कट हुनसक्ने बताइएको छ ।अफगानिस्तानको सेनाले विफलता प्राप्त गरेसँगै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा गर्न दबाब बढिरहेको छ ।

काबुल नजिकै तालिबान लडाकु आइसकेको खबर प्राप्त भएपछि विभिन्न देशरुले आफ्ना नागरिकहरूलाई फिर्ता लैजान काबुलमा सेना पठाइरहेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिका र ब्रिटेनपछि अस्ट्रेलियाले पनि आफ्नो सेनाको एक टुकडी काबुल पठाइरहेको जानकारी प्राप्त भएको बताइएको छ । अफगानिस्तानमा रहेका आफ्ना देशका नागरिक र दूतावासका कर्मचारीहरूलाई फिर्ता लैजान सेना पठाइरहेका छन् ।

प्रकाशित मिति: Aug 15, 2021

प्रतिक्रिया दिनुहोस्