Logo
६ जेष्ठ २०८१, आईतबार
(August 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पनि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक आइतबार बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने स्रोतले जनाएको छ ।शनिवार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलका लागि ८ वटा समूह विभाजन गरिएको थियो ।

उक्त समूहगत छलफलको निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिने छ ।अध्यक्ष प्रचण्डले पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । उनले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राखेका हुन् ।

शनिवारको बैठकमा उनले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेस गरिएको छ ।

अहिले माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा नेताहरूको कार्य विभाजन लगायतका विषयमा छलफल भइरहेको छ ।

प्रकाशित मिति: Aug 15, 2021

प्रतिक्रिया दिनुहोस्