Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभाको बैठक साउन ३२ गतेसम्मको लागि स्थगित

आगामी साउन ३२ गतेसम्मको लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

आजको बैठकमा शुन्य समयबाहेक विशेष समयमा बोल्ने कुनै कार्यक्रम नरहेकाले बैठक सभामुख अग्नि सापकोटाले सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

आजको बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको शब्दप्रति एमालेले आपत्ति जनाएको थियो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे ।

उनको मागपछि सभामुख अग्नि सापकोटाले मातृकाको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।

यादवले बिहीबार ओलीमा मेन्टल्ली र फिजिकक्ली समस्या रहेको विवादित अभिव्यक्ति दिएका थिए । त्यसपछि शुन्य समयमा सांसदहरुले समसामयिक विषयमा आ-आफ्नो धारणा राखेपछि बैठक सकिएको घोषणा गरियो ।

प्रकाशित मिति: Aug 13, 2021

प्रतिक्रिया दिनुहोस्