Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेले सोध्यो लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका अजय शाहीलाई स्पष्टीकरण

लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका अजय शाहीलाई एमालेले स्पष्टीकरण सोधेको छ ।

एमालेले लुम्बिनी प्रदेशका दुई जना सांसदलाई चार दलीय गठबन्धनलाई सघाएको भन्दै कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ।

एमाले सचेतक भूमिश्वर ढकालका अनुसार एमालेले चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाको सूर्य चिन्हबाट जितेकी विमला वलीले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेपछि कारबाही प्रक्रिया अघि बढाएको हो ।

सचेतक ढकालले शाहीलाई लिखित स्पष्टीकरण सोधेका छन् भने वलीलाई पार्टी अध्यक्ष केपी ओलीले पठाएको स्पष्टीकरण यसअघि नै बुझाएको उनले बताए।

सांसद वलीलाई यसअघि स्पष्टीकरण सोधिए पनि चित्तबुझ्दो जवाफ नआएपछि कारबाहीको प्रक्रिया अघि बढाएको ढकालले बताएका छन्।

प्रकाशित मिति: Aug 13, 2021

प्रतिक्रिया दिनुहोस्