Logo
२६ असार २०८२, बिहीबार
(January 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुससहित बाँकेका सहायक वन अधिकृत पक्राउ

बाँकेको सव-डिभिजन वन कार्यालमा कार्यरत सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन्।बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सहायक वन अधिकृत नारायण पार्देलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

उनले काठ चिरानका लागि सिफारिस गरिदिने भनेर सेवाग्राहीसँग ७ हजार रूपैयाँ घुस लिएका थिए । ७ हजार र उनीसँग रहेको स्रोत नखुलेको थप ४५ हजार ९७५ गरी कुल ५२ हजार ९७५ रूपैयाँसहित पार्देलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

टोलीले घुस लिएको सात हजार रुपैयाँसहित पार्देलाई पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आयोगले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: Jan 26, 2024

प्रतिक्रिया दिनुहोस्