Logo
२२ बैशाख २०८१, शनिबार
(August 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाम्रो जीवनमा राम्रो समय आउनु अगाडी यस्ता देखिन्छन् संकेत !

धनवान हुने प्रायको इच्छा हुन्छ । धनको देवी लक्ष्मीको कृपाले नै धन सम्पत्ति प्राप्त हुन्छ । ज्योतिष शास्त्र अनुसार यस्ता १० शुभ संकेतले तपाईको घरमा महालक्ष्मीको आगमन हुन्छ । र अपार धन प्राप्त हुन्छ ।

१.बिहानै घर बाहिर निक्लदा कसैले झाडु लगाएको देखिन्छ र यस्तो लगातार केही दिन सम्म चल्छ भने सम्झनुहोस् अब तपाई चाँडै नै धनवान हुनुहुनेछ ।

२. यदि तपाईको घरमा कुनै चराचुरुङ्गी आएर गुँड बनाएर बस्छ भने धेरै राम्रो संकेत हो । अब धनको वर्षा हुनेछ ।

३ . यदि दाहिने हत्केलामा लगातार चिलाइरहे धन प्राप्ति हुन्छ ।
४.घरमा अचानक ३ छेपारो एकैस्थानमा देखियो भने धेरै शुभ हुन्छ । यस्तो धनसम्पत्ति बढ्ने लक्षण हो । एक छेपारोको अर्को पछि लागेको देख्नु घरको उन्नतीको संकेत हो । यसैगरी, दिपावलीको दिनमा तुलसीको रुखमा छेपारो देखिएमा अत्यन्तै शुभ मानिन्छ ।

५.यदि सपनामा झाडु, लोटोकसेरो, घोडा, हात्ती, शंख, छेपारो, तारा, सर्प देखेमा धन प्राप्त हुन्छ ।

६ .यदि तपाईको घरभन्दा बाहिर उखु देखेमा पनि धन प्राप्ति हुन्छ ।

७. बिहानै उठ्दा नै शंखको आवाज सुनेमा र बेलुका पनि सुनेमा महालक्ष्मीको आगमन हुनेछ ।

८. मां लक्ष्मीको बाहन लाटोकसेरो घरको बाहिर धेरै दिन देखेमा महालक्ष्मीको आगमन हुने निश्चित हुन्छ । चाडै नै अपार धन प्राप्ति हुनेछ ।
९. घरबाट बाहिर निस्कदा कुकुरले मुखमा खानेकुरा ल्याएको देखेमा पनि धनलाभ हुने संकेत हो ।

१० .अचानक घरमा कालो रङको कमिला आएर गोलो बनाएर केही खान लागेमा सम्झनुस तपाईको घरमा महालक्ष्मीको आगमन हुनेछ । र अपार धन थुप्रने छ । यस्ता कमिलालाई शख्खर खान दिनुपर्छ ।

प्रकाशित मिति: Aug 10, 2021

प्रतिक्रिया दिनुहोस्