Logo
२३ बैशाख २०८१, आईतबार
(August 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डब्ल्युएचओद्वारा २ हजार अक्सिजन कन्सेनट्रेरसहित अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग

विश्व स्वास्थ्य संगठनले दुई हजारभन्दा बढी अक्सिजन कन्सेनट्रेरहरु र अत्यावश्यक मेडिकल सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रदान गरेको छ ।

विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यलयले कोभिड -१९ प्रतिकार्यलाई सुदृढ बनाउन गर्दैआएको निरन्तर सहयोगको एउटा हिस्साको रुपमा आज १८ लाख अमेरिकी डलर बाराबरको अत्यावश्यक औषधी र सामग्रीहरु नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तानतरण गरेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग असपताल टेकुमा भएको कार्यक्रममा २५०,००० एम्पल्स डेक्सामेथाजोन, २००० अक्सिजन कन्सनट्रेटरहरु, २४,००० वटा भेन्चुरी मास्क, करिब ५००,००० अक्सिजन नसल क्यानुला, ६००,००० मास्क (FFP2 respirator)  र ५००,००० सर्जिकल ग्लब्स सहितका सामग्रीहरु विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यलयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले  स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तानतरण गरेका हुन् ।

“देशमा संक्रमितहरुको संख्या र अस्पतालमा भर्नाहुने बिरामीहरुको संख्या बढेको अवस्थामा हामीले अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेकाछैँविश्व स्वास्थ्य संगठनले कोभिड -१९ गम्भीर बिरामीहरुको उपचार र ब्यवस्थापनमा सहयोग गर्दैआइरहेको छ र आजको हस्तानतरण कार्यक्रम त्यसको एउटा हिस्सा हो । महामारीको यो समयमा सहयोग प्रदान गर्नपाउँदा हामी खुसी छौँ ।” डा. राजेश पाण्डवले भने ।

कोभिड -१९ को दोस्रो लहरसंगै नेपालले कोभिड -१९ का गम्भीर बिरामीहरुको उपचारमा प्रयोग हुने औषधी डेक्समेथाजोन लगायत अत्यावश्यक मेडिकल सामग्रीहरुको अभाव खेप्नुपर्यो अक्सिजन थेरापी लिईरहेका, आईसियू भर्ना भएका वा भेन्टिलेटरमा रहेका बिरामीहरुलाई डेक्सामेथाजोन औषधी अत्यावश्यक छ ।

त्यसैगरि, पर्याप्त अक्सिजन आपूर्तीको कमी अर्को प्रमुख चुनौती थियो । विश्व स्वास्थ्य संगठनबाट सहयोग स्वरुप प्रदान गरिएका २००० अक्सिजन कन्सनट्रेटरहरु आवश्यक स्वास्थ्य सामग्रीहरुको अभाव हुन नदिन सहयोगी बन्नेछन् ।

श्वासप्रश्वासमा कठिनाई भएका वा अक्सिजनको मात्रा एकदमै कम भएका बिरामीहरुलाई आवश्यक मात्रामा अक्सिजन पुर्याउन अक्सिजन कन्सेनट्रेरहरु प्रयोग गरिन्छ । अक्सिजन कन्सनट्रेटर र डेक्सामेथाजोन दुबैले हजारौँ मानिसहरुको जीवन बचाउन सकिने अपेक्षा गरिएको छ ।

“ अत्यवस्यक स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुभएकोमा नेपाल सरकारको तर्फबाट म विश्व स्वास्थ्य संगठनलाई धन्यवाद दिन चाहान्छु । महामारीको शुरुवातदेखी नै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोभिड – १९ प्रतिकार्यमा बिभिन्न खालको सहयोग प्रदान गर्दैआइरहेको छ । आज प्राप्त भएको यति धेरै अक्सिजन कन्सेनट्रेरहरु र अन्य मेडिकल सामग्रीहरुले हाम्रो कोभिड ( १९ प्रतिकार्यलाई सुदृढ बनाउन आवश्यक श्रोतसाधनको परिपूर्ती गर्न महत्तवपूर्ण भूमिका खेल्नेछन् । अब यी सामग्रीहरुको आवश्यकता भएका देशभरिका दुरदराज गाउँठाउँमा पुर्याउन मन्त्रालयले काम थाल्नेछ ।” स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको वितरण योजना अनुसार स्वास्थ्य समग्रीहरु नेपालभरिका सातै प्रादेशिक स्वास्थ्य आपूर्ती व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरुमा वितरण गरिनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा सामग्रीहरु ढुवानी गर्न यसै साता भित्र सुरु गर्ने लक्ष लिएको छ ।

महामारीको शुरुवातदेखी नै कोभिड – १९ को प्रतिकार्य गर्न विश्व स्वास्थ्य संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्दैआइरहेको छ ।

विश्व स्वास्थ्य संगठनले ल्यावको क्षमता विकास, दक्ष जनशक्तीहरुको क्षमता विकास, निति र निर्देशीकाहरुको निर्माण लगायत बिभिन्न क्षेत्रमा सहयोग गर्दैआइरहेको छ ।

प्रकाशित मिति: Aug 10, 2021

प्रतिक्रिया दिनुहोस्