Logo
६ जेष्ठ २०८१, आईतबार
(August 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेलाई गाली बर्साउँदै आएको नीति तथा कार्यक्रमले देश बनाउने भन्दा भत्काउनेछ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा नीति तथा कार्यक्रममाथि अनेक प्रश्न उठाएका छन्।

एमालेको ११ औँ केन्द्रीय कमिटी बैठकलाई सोमबार च्यासलमा सम्बोधनका क्रममा एमालेलाई गाली बर्साउँदै आएको नीति तथा कार्यक्रमले देश बनाउने भन्दा भत्काउने योजना राखेको टिप्पणी गरे।

‘गठबन्धन सरकारले ल्याएको साझा नीति कार्यक्रमको मूल प्रस्तावना नै हामीमाथिको गालीबाट सुरु भएको छ’, उनले भने, ‘त्यो हामीमाथिको आक्रमण हो। हामीमाथि गम्भीर लाञ्छना लगाउने काम त्यो कार्यक्रमबाट भएको छ।’

देउवा नेतृत्वको सरकार आफूहरुमाथि गाली गलोजमा उत्रिएको पनि ओलीले बताएका छन्।

‘यो सरकार अहिले हामीलाई गर्नु गाली गरिसकेपछि, तथानाम भनिसकेपछि मेलमिलापको कुरा गरिरहेको छ। हामीमाथि प्रतिगामी, प्रतिक्रियावादी, अलोकतान्त्रिक तानाशाह भनिसकेपछि गठबन्धन सकार अपवित्र संस्कृतिको विकास गर्न लागेको छ।’

देउवा नेतृत्वको सरकार बहुदलीय प्रणाली होइन अपवित्र गठबन्धन बनाउन हिँडेको पनि उनले आरोप लगाए। ‘यो सरकारले निर्दलीय अभ्यास गरिरहेको छ’, उनले भने,’यस्तो अपवित्र गठबन्धनले देश बनाउने होइन, भत्काउने काम गर्छ।’

ओलीले देशलाई विकासमा अघि बढाउने भनेको गठबन्धन सरकार एक महिनासम्म विस्तार हुन नसकेकोमा पनि कटाक्ष गरे।

‘अहिले देख्नु भयो होला नि! विभिन्न दलको तानातानमा एक महिना खेर फालियो’, उनले भने, ‘उहाँहरुले जनताका लागि केही नयाँ गर्ने होइन, के भत्काउने भनेर काम सुरु भएको छ।’

ओलीले देउवाको कार्यशैलीका कारण जनताले गीत लेख्न थालेको पनि बताए। ‘जनताले गीत लेखिसके-भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ सुरुङका प्वाँल, बन्द गर ओली याद आउने सबै चिजहरु’, ओलीले देउवाप्रति कटाक्ष गर्दै भने।

प्रकाशित मिति: Aug 9, 2021

प्रतिक्रिया दिनुहोस्