Logo
६ जेष्ठ २०८१, आईतबार
(August 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक जारी

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक जारी रहेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा विधान संशोधन लगायतका विषयमा छलफल हुने नेताले बताए ।

एमालेको सोमबार नै बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद मनोनीत गर्ने गरी विधान संशोधनको निर्णय गरेको थियो ।

सो निर्णय अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेश हुने एक नेताले जानकारी दिए । बैठकमा महाधिवेशन केन्द्रित अन्य विषयमा पनि छलफल हुने ती नेताले बताए ।

बैठकमा माधव नेपाल समूहको भने सहभागिता छैन ।

प्रकाशित मिति: Aug 9, 2021

प्रतिक्रिया दिनुहोस्