Logo
६ जेष्ठ २०८१, आईतबार
(August 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा खारेजको मागमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

जसपा खारेजको मागमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आज सर्वोच्च अदालतले तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता खारेजको माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले राजपा र समाजवादी पार्टीबीचको एकता खारेज नपर्ने आदेश दिएको हो ।

तत्कालिन राजपासँग पार्टी एकता गरी आएका राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले एकीकरण प्रक्रिया नमिलेको भन्दै खारेजीको माग गर्दै रिट दिएका थिए ।

यही रिटमा गत असार ३० गते न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरी अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।

 

प्रकाशित मिति: Aug 9, 2021

प्रतिक्रिया दिनुहोस्