Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले अनुदानस्वरुप दिने १६ लाख डाेज भेरोसेल खोप भदौदेखि ल्याइने

चीनबाट भदौको पहिलो सातादेखि भेरोसेल खोप ल्याइने भएको छ । चीनले अनुदानस्वरुप दिने १६ लाख डाेज भेरोसेल खोप भदौदेखि ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही साताअघि प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटघाट कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई कोभिडविरुद्धको १६ लाख भेरोसेल खोप दिने घोषणा गरेकी थिइन् ।

पहिलो चरणको एक उडानमा चार लाख खोप ल्याइने स्वास्थ्य मन्त्रालय अन्तर्गत खोप महाशाखाका निर्देशका डा. तारानाथ पोखरेलले जानकारी दिए । उनकाअनुसार अब ल्याइने खोपको भाइलमा एक डोज मात्र हुन्छ ।

भदौ सम्ममा सबै खोप ल्याइसक्ने डा. पोखरेलको दाबी छ । यसपटक आयात हुने खोपलाई भण्डारण गर्न समस्या हुने उनले जानकारी दिए । एक भाइल मात्र हुने भएकाले काठमाडौँको भण्डार केन्द्रमा राख्‍न नमिल्ने उनले बताए । विमानस्थलबाटै विभिन्न जिल्लाको खोप भण्डार केन्द्रमा खोप पठाइने उनले उल्लेख गरे ।

यसअघि चीनबाट ल्याइएको खोपमा एक भाइल भन्दा बढी खोप हुने भएकाले भण्डारणमा समस्या नभएको उनले जानकारी दिए । चीनले अनुदानस्वरुप हालसम्म कोभिडविरुद्धको भेरोसेल खोप दिइसकेको छ ।

पहिलो चरणमा ८ लाख खोप र दोस्रो चरणमा १० लाख खोप दिएको थियो । पुन १६ लाख दिने भएको हो । त्यसैगरी नेपालले चीनसँग नन डीस्कोल्जर एग्रीमेन्टबाट ४० लाख खोप खरिद गरिसकेको छ ।

अन्य मुलुकले पनि कोभ्याक्स अन्तर्गत खोप प्रदान गरिरहेका छन् । अमेरिकाबाट १५ लाख बढी, भुटानले २ लाख ३० हजार, भारतले ११ लाख र जापानले १६ लाख दिने भएको छ । जापानबाट पहिलो चरण अन्तर्गत ५ लाख बढी खोप पनि पठाइसकेको छ । पुनः अन्य खोप पनि आउने क्रम जारी छ ।

प्रकाशित मिति: Aug 8, 2021

प्रतिक्रिया दिनुहोस्