Logo
२३ बैशाख २०८१, आईतबार
(August 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना मृत्युदर बढ्दो : आइतबार मात्रै ५५ जनाको मृत्यु, २५४८ संक्रमित थपिए

आज देशभर २५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २०१९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै आज कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख १४ हजार ८७७ जना पुगेको छ । यस्तै एन्टिजेनबाट ६८ हजार ४७८ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ६ लाख ६९ हजार २९९ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या १ हजार ९३ जना पुगेको छ ।

हाल देशभर ८०२ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका छन् । देशभर सक्रिय संक्रमित ३५ हजार बढी रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनामा परीक्षण भएको थियो ।

प्रकाशित मिति: Aug 8, 2021

प्रतिक्रिया दिनुहोस्