Logo
२० बैशाख २०८१, बिहीबार
(August 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविका चलिरहेका परीक्षा नरोकिने, बाँकी परीक्षाको लागि बोर्ड बैठक बस्दै

त्रिभुवन विश्वविद्यालयले चलिरहेका परीक्षाहरू नरोकिने बताएको छ । कोरोनाको तेस्रो लहर फैलिने त्रासका कारण कक्षा १२ को परीक्षा रोकिए पनि त्रिविका परीक्षा भने नरोकिने भएका हुन् ।

करिब दुई वर्षअघिदेखिका स्नातक तहका परीक्षा अहिले सञ्चालन भएका छन् । विद्यार्थीहरूमा फेरि पनि परीक्षा रोकिने हो की भन्ने अन्यौलता सिर्जना भएको छ ।

तर अहिले चलिरहेको स्नातक प्रथम वर्षको परीक्षा यही साउन २९ गते सकिने भएकाले परीक्षा नरोकिने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

स्नातक तह प्रथम वर्षको व्यवस्थापन र विज्ञान विषयको परीक्षा सम्पन्न भएको र मानविकी तथा सामाजिक संकायको परीक्षा मात्रै बाँकी रहेकोले त्यो पनि साउन मसान्तभित्र सकिँदै छ ।

बाँकी विषयको परीक्षा कहिले र कुन विधिबाट गर्ने भनेर टुङ्गो लगाउन आज दिउँसो साढे १ बजे बोर्ड बैठक बस्न लागेको बताइएको छ ।

प्रकाशित मिति: Aug 8, 2021

प्रतिक्रिया दिनुहोस्