Logo
२३ बैशाख २०८१, आईतबार
(August 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शनिबार मात्रै थपिए ३२१८ कोरोना संक्रमित, १९ जनाको मृत्यु

नेपालमा शनिबार थप ३२१८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८६६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २३१ मा संक्रमण देखिएको र एन्टिजेन विधिबाट ४ हजार ७०७ मा परीक्षण गर्दा ९८७ मा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ।

त्यस्तै शनिबार १ हजार ७२२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ रहेको छ।

प्रकाशित मिति: Aug 7, 2021

प्रतिक्रिया दिनुहोस्