Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निधीले भने : ‘न्यूनतम साझा कार्यक्रम टुङ्गो लाग्यो, अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुन्छ’

सरकारका न्यूनतम साझा कार्यक्रम टुङ्गो लागेकाल अब मन्त्रिपरिषद् विस्तार हुने नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले बताएका छन् ।

आज (शुक्रबार) जनकपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै निधीले सो कुरा बताएका हुन् । निधीले भने, ‘न्यूनतम साझा कार्यक्रम टुङ्गो लागेको भनेर सुनेको छु, अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

उनले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सबै दललाई सरकारमा सहभागी गराउन प्रयास भइरहेको जानकारी पनि दिए ।

सरकारमा माधव नेपाल समूहलाई पनि सहभागी गराउने भन्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सबै दललाई सरकारमा सहभागी गराउने आफूहरुको चाहना भएको र त्यसका लागि छलफल समेत भइरहेको बताए ।

उपसभापति निधीले १४ औँ महाधिवेशन भदौमै हुने बताए । क्रियाशील सदस्यतामा टुङ्गो लाग्ने बित्तिकै महाधिवेशन हुने भन्दै उनले महाधिवेशनलाई सारेर तदर्थ समिति बनाउनु ठिक नहुने बताए ।

१४ औँ महाधिवेशनमा पार्टीको सभापतिमा उम्मेदवारी दिने उनले दोहोर्‍याए । ‘महाधिवेशन १४ दिनमा होस् या १४ महिनामा म पार्टीको सभापतिका लागि उम्मेदवार रहिरहनेछु’ उनले भने ।

प्रकाशित मिति: Aug 6, 2021

प्रतिक्रिया दिनुहोस्