Logo
२३ बैशाख २०८१, आईतबार
(August 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन आज प्रधानमन्त्रीलाई बुझाउँदै

सरकारका साझा कार्यक्रम तय गर्न गठित कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदै छ ।

प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरु पनि सहभागी हुने र त्यहीँ प्रतिवेदन बुझाइने कार्यदलका सदस्य सचिव केशवप्रसाद जोशीले जानकारी दिएका छन् ।

सत्ता गठबन्धनको कार्यदलले लामो समय लगाएर तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री देउवालाई बुझाउन लागिएको हो ।कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको रहेको कार्यदलले सबैको अपनत्व हुने गरी प्रतिवेदन तयार पारेको दावी गरेको छ ।

गठबन्धनमा आवद्ध पार्टीका नेता, अर्थविद्, कानुनका जानकार लगायतसाग परामर्श गरेर प्रतिवेदन तयार पारिएको हो । प्रधानमन्त्रीलाई बुझाउन लागिएको प्रतिवेदनमा सरकारको योजना, काम र प्राथमिकताका विषयलाई समेटिएको छ ।

प्रकाशित मिति: Aug 6, 2021

प्रतिक्रिया दिनुहोस्