Logo
२३ बैशाख २०८१, आईतबार
(August 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ ठाकुर पक्षको चार वटा जिल्लामा विस्तारित बैठक बस्दै

जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षको ४ वटा जिल्लामा विस्तारित बैठक आयोजना गरिएको छ।

सप्तरी, सिराहा, महोत्तरी र बारा जिल्लामा ठाकुर पक्षको विस्तारित बैठक आज आयोजना गरिएको हो ।बैठकलाई सम्बोधन गर्न केन्द्रीय नेताहरु जिल्ला जाँदैछन् ।

सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल र राजिव झा, सिरहामा अनिल कुमार झा, डा। सुरेन्द्र झा, उमाशंकर अरगरिया र जयनुल राइन, महोत्तरीमा महन्थ ठाकुर , शरतसिंह भण्डारी , निर्जला राउत, बरामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह र रमेश पटेलले विस्तारित बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: Aug 6, 2021

प्रतिक्रिया दिनुहोस्