Logo
२३ बैशाख २०८१, आईतबार
(August 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल समूहको बैठकमा सुरेन्द्र र योगेश अनुपस्थित

नेकपा एमालेको माधव कुमार नेपाल समूहको बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई नेताहरु अनुपस्थित भएका छन् ।नेपाल समूह निकट मानिने उनीहरु पछिल्लो समय अलमलमा जस्तो देखिएको बेला आजको बैठकमा अनुपस्थित भएका हुन् ।

नेपाल समूहका भरपर्दा नेता मानिने पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा पनि सदन बहिस्कार गरेर हिँडेका थिए भने योगेश भट्टराईले चाहिँ सर्वोच्च अदालतमा सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दिएको निवेदनमा पनि हस्ताक्षर गरेका थिएनन् ।

भट्टराईले पार्टी एकताका लागि आफू मध्यमार्गी भूमिकामा रहने बताउँदै आएका छन् ।माधव नेपालको सचिवालयले पाण्डेको पीएसओलाई कोरोना संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको दावी गरेको हो ।

नेपाल पक्षले आज केन्द्रीय समितिको बैठक बोलाएको हो भने त्यसअघि स्थायी समिति बैठक चलिरहेको छ ।

 

प्रकाशित मिति: Aug 5, 2021

प्रतिक्रिया दिनुहोस्