Logo
२३ बैशाख २०८१, आईतबार
(August 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल एयरलाइन्सको निजीकरण रोक्न ३ ट्रेड युनियनद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सरकारी सवामित्वको नेपाल एयरलाइन्सको निजीकरण रोक्न तिन ओटा कर्मचारी ट्रेड युनियनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्रीसँग नेपाल वायुसेवा निगमका कर्मचारीहरूले नेपाल एयरलाइन्सको निजीकरण रोक्न माग गरेका हुन् । ३३ दिनदेखि आन्दोलनरत कर्मचारीहरूले आज प्रधानमन्त्री शेरबहादर देउवालाई भेटेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहिबार भेट गरी नेपाल वायुसेवा निगममा कार्यरत विभिन्न ३ वटा ट्रेड युनियनका नेताहरूले निगमलाई निजीकरण गर्ने निर्णय खारेज गर्न माग साथै कर्मचारी नेताहरूले महाप्रबन्धक डीम प्रसाद पौडेललाई तत्काल बर्खास्त गर्न समेत माग गरेका छन् ।

महाप्रबन्धकको तलब वृद्धि रोक्न र निगमको सञ्चालन समितिमा निगममा व्यावसायिक स्वार्थ बाझिने संस्थासँग आबद्ध व्यक्तिको नियुक्तिसमेत खारेज हुनुपर्ने कर्मचारी सङ्गठनको माग छ ।

यो विषय अदालतमा विचाराधीन छ । सरकारले पूर्णता पाउन नसक्दा पर्यटन मन्त्रालयले नयाँ नेतृत्व पाउन सकेको छैन । व्यवस्थापनले भने अहिलेकै संरचना र कर्मचारीको प्रवृत्तिले नेपाल एयरलाइन्स अगाडि बढ्न नसक्ने भन्दै कम्पनी मोडलमा जानु परेको बताएको छ ।

प्रकाशित मिति: Aug 5, 2021

प्रतिक्रिया दिनुहोस्