Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा सहभागी हुने नहुनेबारे छलफल गर्न आज नेपाल समूहको केन्द्रीय कमिटी बैठक

नेकपा एमालेको माधव कुमार नेपाल समुहको स्थायी कमिटी आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बस्ने भएको हो ।

सरकारमा सहभागी हुने नहुनेबारेमा निर्णय गर्न आज बैठक बस्न लागेको नेपाल समूहका एक नेताले जानकारी दिए । नेपाल पक्षको औपचारिक निर्णयपछि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

देउवालाई विश्वासको मत नदिएका नेपाल समुका नेताहरू सरकारमा नजाने पक्षमा छन् । पार्टी एकता जोगाउन लागिपरेका कार्यदलका सदस्यहरूले सरकारमा सहभागी नहुने बताएका छन् भने देउवालाई विश्वासको मत दिएका नेताहरू सरकारमा सहभागी हुनुपर्ने भन्दै नेता नेपाललाई दबाब दिइरहेका छन् ।

सरकारमा सहभागी भए नेपाल समूह र माओवादी केन्द्रलाई ६र६ मन्त्रालय दिने प्रधानमन्त्री देउवाको तयारी छ । जसपाको भागमा ४ तथा काँग्रेसलाई ८ मन्त्रालय पर्ने देखिएको छ।

प्रधानमन्त्री देउवा नियुक्त भएको तीन हप्ता बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसक्दा सरकारका कामकारबाही प्रभावकारीरुपमा सञ्चालन हुन सकिरहेका छैनन् ।

 

प्रकाशित मिति: Aug 5, 2021

प्रतिक्रिया दिनुहोस्