Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दार्चुला घटनाको छानबिन गर्न समिति गठन गरिएको गृहमन्त्रीद्वारा प्रतिनिधिसभालाई जानकारी

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको घटनाको बारेमा छानबिन गर्न सरकारले समिति गठन गरेको प्रतिनिधिसभालाई जानकारी दिएका छन् ।

आज बसेकोप्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले उक्त घटनाको बारेमा सरकारले संसद्लाई जानकारी दिनुपर्ने माग गरेपछि गृहमन्त्री खाँणले समिति गठन गरिएको बताएका हुन् ।

मन्त्रीस्तरीय निर्णयबाट साउन १७ गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहकायक जिल्ला अधिकरी ज्योत्सना भट्ट जोशी रहेको ५ जनाको समिति गठन गरिएको गृहमन्त्री खाँणले जानकारी दिए ।

उक्त समितिले १० दिनभित्र प्रतिवेदन पेस गर्ने गृहमन्त्रीले जानकारी दिएका छन् । उक्त समितीले सत्य तथ्य पत्ता लगाएर प्रतिबेदन बुझाएपिछि थप पक्रिया अघि बढ्ने गृहमन्त्रीले बताए ।

जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाको तत्काल छानबिनका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारी स्थलमार्गमा गएको उनले बताए ।

उनले धामीको खोजी नेपाल र भारतका सुरक्षाकर्मीले महाकालीमा खोजिरहेको पनि बताए । भारतको पिथौरागढ जिल्लाका डीएमसँग दार्चुला प्रशासनले पत्राचार गरेको पनि उनले बताए ।

उनले दार्चुलाको महाकालीमा तुइन विस्थापन गर्नका लागि ४ झोलुंगे पुल निर्माण योजना जारी रहेको गृहमन्त्रीले बताएका छन् । सरकार ती पुल छिटो निर्माण र सञ्चालन गर्नका लागि प्रतिबद्ध रहेको जानकारी दिए ।

प्रकाशित मिति: Aug 3, 2021

प्रतिक्रिया दिनुहोस्