Logo
२४ बैशाख २०८१, सोमबार
(August 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्याय सेवा आयोगले खुलायो १९ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन

 जिल्ला न्यायाधीश पदपूर्तिका लागि न्याय सेवा आयोगले विज्ञापन खुला गरेको छ । आयोगको परीक्षा महाशाखाले १९ जनाका लागि विज्ञापन खुला गरेको हो ।

आन्तरिकतर्फ ९ र खुलातर्फ पाँच जनाका लागि विज्ञापन प्रकाशित गरिएको छ । यसैगरी महिला कोटाबाट २ तथा आदिवासी जनजाती र मधेसी कोटाबाट १-१ जनाको विज्ञापन खुलेको छ ।

प्रथम पत्रको परीक्षा असोज १२ गते, द्वितीय पत्रको परीक्षा असोज १४ गते र तृतीय पत्रको परीक्षा असोज १५ गते निर्धारण गरिएको छ ।

यस्तै चौथो पत्रको पहिलो खण्डको परीक्षा असोज १६ गते र दोस्रो खण्डको परीक्षा असोज १७ गते हुने छ । परीक्षा केन्द्र लोक सेवा आयोगको अनामनगरस्थित कार्यालयमा तोकिएको छ ।

आन्तरिक र खुलाका लागि दुई हजार र प्रत्येक समावेशी समूहका लागि थप ५ सय रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ । परीक्षा फारम बुझाउने म्याद ३० दिन तोकिएको छ । दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन फारम बुझाउन सकिने छ ।

 

प्रकाशित मिति: Aug 3, 2021

प्रतिक्रिया दिनुहोस्