Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताको बैठक जारी

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा छलफल सुरु भएको हो ।

शीर्ष नेताको बैठकमा पनि आज माधव नेपाल पक्ष भने सहभागी छैनन् ।आजै सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसेको थियो । सो बैठकले सरकार सञ्चालनका सन्दर्भमा तीन वटा विषयमा डकुमेन्ट ड्राफ्ट गरेको थियो ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको काँग्रेस, माओवादी र जसपा सम्मिलित कार्यदलले सरकार सञ्चालनका सन्दर्भमा सैद्धान्तिक सहमति जुटाउने प्रयास गरिरहँदा तीन विषयमा डकुमेन्ट ड्राफ्ट गरेको हो ।

कार्यदलका सदस्य रमेश लेखकका अनुसार ड्राफ्ट गरिएका तीन वटा डकुमेन्टमा न्युनतम साझा कार्यक्रम, सरकार सञ्चालनको कार्यविधि र आचारसंहिताको सवाल रहेको छ । यसबारे कार्यदलमा थप छलफल चलिरहेको र छिटै अन्तिम रुप दिइनेछ ।

कार्यदलको बैठक मन्त्री छनोट र नियुक्तिका विषयमा भने प्रवेश नगरेको कार्यदलका सदस्यले जानकारी दिए । शीर्ष नेताको बैठकमा कार्यदलको ड्राफ्टका साथसाथै मन्त्रिपरिषद् विस्तारको विषयमा सहमति जुटाइने बताइएको छ ।

 

प्रकाशित मिति: Aug 2, 2021

प्रतिक्रिया दिनुहोस्