Logo
३० बैशाख २०८१, आईतबार
(August 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् दक्षिण कोरियामा विद्यार्थी पठाउँछु भन्दै ठगी गर्ने कन्सल्टेन्सीहरु !

नेपालका केही कन्सल्टेन्सीहरुले विद्यार्थीलाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको खुलेको छ ।पछिल्लो समय दक्षिण कोरियाले विद्यार्थी भिसामा सत प्रतिशत रिजेक्शन गरेपछि यस्तो रहस्य खुलेको हो ।

सीटी वल्र्ड कन्सल्टेन्सी, एसडी मिराकल एजुकेशन, सिल्भर एजुकेशन, सिवन एजुकेशन, एसआईइएमई, एनसीएस कन्सल्टेन्सी, भ्यालि एजुकेशन, लगइन एजुकेशन कन्सल्टेन्सी, इङ्लिसर प्रा. लिले गलत विद्यार्थीहरु जम्मा पार्दै कोरियामा राम्रो काम पाइन्छ भनेर प्रलोभन देखाउँदै ठगी गरिरहेका छन् ।

विद्यार्थीहरु सत प्रतिशत भिसा लाग्ने भनेर सर्भिस चार्ज भन्दै कन्सल्टेन्सीले पहिलानै १ लाख ५० हजार लिएको बताए ।नेपालका नाम चलेका कन्सुल्टेन्सीहरुले योग्यता नपुगेका विद्यार्थीलाई पनि एप्लाई गर्न लगाउने र उनीहरुबाट महङ्गो सर्भिस शूल्क लिएर ठग्ने गरेको खुलेको हो ।

एक शैक्षिक परामर्श व्यवसायीले भने, ‘धेरैले कोभिडका कारण रिजेक्शन भएको भनेका छन् । कोभिड बहाना मात्र हो । धेरै कन्सल्टेन्सीले फेक विद्यार्थीहरुको अप्लिकेशन हालेकाले रिजेक्शन भएको हो ।’

‘१५ सय डलर सर्भिस चार्ज लाग्छ । भिसा र कलेजफी फरक हो । काम फालाफाल पाइन्छ’, व्यवसायीको भनाई उदृढ गर्दै ती विद्यार्थीले भने, ‘इपीयस पास गरेर बसेको थिएँ । मलाई जसरी पनि कोरिया जानुछ भन्ने लाग्यो । साथीको लहलैमा लागेर कन्सल्टेन्सीमा पुगेको थिए । भिसा नलागेपछि यीनीहरुको बदमासी थाहा भयो ।’

अर्का एक विद्यार्थीले आफूले सुरुमै दिएको पैसा फिर्ता माग्दा नदिएको बताए । ‘मैले झण्डै १ लाख ६० हजार भन्दा धेरै खर्च गरेको छु । त्यो पैसा माग्दा दिएनन् ।’ उनले भने, ‘सर्भिस चार्ज हो यो कहाँ फिर्ता गर्न मिल्छर भनेर उल्दै थर्काएर पठाए ।’ आफूले कोरिया जानकै लागि ठूलो रकम ऋण काडेको उनको भनाई थियो ।

यस विषयमा कन्सल्टेन्सी संचालकले भने घुमाउरो पारामा आफूले पैसा उठाएको बताए । ‘हामीले नराम्रो गरेका छैनौँ । यदी कसलाई त्यस्तो परेको छ भने समस्याको समाधान गरिदिन्छौँ ।’ एक व्यवसायीले भने, ‘तपाईँको सम्पर्कमा आएका विद्यार्थीलाई मेरो नम्बर दिनुहोस् म समस्याको समाधान गरिदिन्छु ।’

प्रकाशित मिति: Aug 1, 2021

प्रतिक्रिया दिनुहोस्