Logo
२९ बैशाख २०८१, शनिबार
(July 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषामा सोमबारदेखि हराइरहेकी शव फेला, हत्याको आशंका

प्रदेश नं २ स्थित धनुषामा सोमबारदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ।

गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १० स्थित बरमझिया बस्ने विरेन्द्र यादवकी ७ वर्षीया छोरी प्रिती यादवको शव शुक्रबार फेला परेको हो।

घरबाट करिब एक किलोमिटरको दुरीमा खेतको एउटा पुरानो इनारमा शव तैरिरहेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छे जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनका शव कुहिएको अवस्थामा भेटिएको छ। सोमबार साँझ ५ बजेपछि आफ्नै घरबाटै बालिका बेपत्ता भएकी थिइन्। पसलबाट केही खानेकुरा किनेर ल्याएको १० मिनेटपछि उनी हराएको आफन्तले बताएका छन्।

हराएकै दिनदेखि खोजी गर्दै जाँदा शुक्रवार विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयका अनुसार यसअघि दुई तीन दिन पहिलेसमेत सो इनारमा प्रहरी र स्थानीयले बालिकाको खोजी गरेका थिए।

हत्या गरेर कसैले शव इनारमा फालेको हुनसक्ने स्थानीयको आशंका छ। यद्दपी अहिले घटना अनुसन्धानको क्रममा रहेको र शव पोष्मार्टमको रिपोर्ट आइसकेपछि मात्र हत्या भएको वा नभएको भन्न सकिने प्रहरीले भनेका छन् ।

प्रकाशित मिति: Jul 30, 2021

प्रतिक्रिया दिनुहोस्