Logo
१८ बैशाख २०८१, मंगलबार
(July 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रसको १४औं महाधिवेशन सर्ने पक्का

नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति सर्ने भएको छ । काँग्रेसभित्र मिति सार्नेबारे आन्तरिक छलफल चलिसकेको छ ।

साउन ८ गतेयता प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुरको निजी देउवानिवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले निर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेको हो ।

बूढानीलकण्ठमा विहीबार बसेको काँग्रेस पदाधिकारी बैठकले आगामी भदौ १६-१९ मा महाधिवेशन गर्न नसकिने अनौपचारिक हिसाब-किताब निकालेको छ ।

पार्टीका शीर्ष नेता, क्रियाशील छानविन समिति र निर्वाचन समितिका सदस्यबीच भएको बैठकले भदौमा वडा अधिवेशन मात्र गर्ने सकिने हिसाब निकालेको छ ।

विश्वस्त स्रोतका अनुसार मंसिरमा गर्ने गरी महाधिवेशन सार्ने तयारी भएको छ । महाधिवेशनका लागि वडा तहकै अधिवेशन निर्धारित समयमा नभएपछि सार्ने तयारी भएको हो ।

कांग्रेसको महाधिवेशन भदौभित्र नभए निर्वाचन आयोगमा निर्वाचनका बखत दल दर्तामा समस्या हुन सक्छ । दल खारेजीको अवस्था पनि हुनसक्छ । संविधान अनुसार ५ वर्षभित्र दलको महाधिवेशन भइसक्नुपर्छ । विशेष परिस्थितिमा ६ महिना थप समय पाइन्छ । कांग्रेसको १३औं महाधिवेशन भएको साँढ ५ वर्ष पूरा हुँदैछ ।

संविधान संशोधन गरेर वा कोरोना भाइरसको काललाई सुन्य समय मानेर जानेबारे पनि दलहरु राजनीतिक दलसम्बन्धी महाधिवेशनका मामलामा निर्णयमा पुग्ने तयारीमा छन् । अधिकांश दलहरुको महाधिवेशनको अवधि कटिसकेको छ ।

प्रकाशित मिति: Jul 30, 2021

प्रतिक्रिया दिनुहोस्