Logo
२१ बैशाख २०८१, शुक्रबार
(July 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा यी खोपकेन्द्रबाट आज छुटेका ५० वर्ष माथिकालाई खोप लगाइने

काठमाडौं महानगरपालिकामा ५० वर्षभन्दा माथि उमेर भएका नागरिकहरुलाई आज पुनः भेरोसेल खोप लगाउँदै छ ।

पहिलो मात्रा खोप लगाउन छुटेका ५० वर्षभन्दा माथि उमेर भएकाहरुलाई आज खोप लगाउने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका अनुसार आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म भेरोसेलको पहिलो मात्राको खोप लगाउने कार्यक्रम छ ।

बिहान १० देखि साँझ ५ बजेसम्म खोप लगाउन सकिने छ । खोप लगाउन महानगरले ३२ वडामै खोपकेन्द्रहरु तोकिएको छ ।खोप लगाउन जाँदा नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र अथवा वडाको सिफारिस अनिवार्य साथमा हुनुपर्ने छ ।

 

प्रकाशित मिति: Jul 29, 2021

प्रतिक्रिया दिनुहोस्