Logo
६ जेष्ठ २०८१, आईतबार
(July 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा वान प्लस नोर्ड २ आज सार्वजनिक, यस्ता छन् विशेषता !

नेपाली बजारमा आज वान प्लसको नयाँ फोन सार्वजनिक भएको छ । फाइभजी स्मार्ट फोन वान प्लस नोर्ड २ सार्वजनिक भएको हो ।

कम्पनीले ८ जीबी र्‍याम तथा १२८ इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य ५९ हजार ९९९ रूपैयाँ तोकेको छ ।त्यस्तै १२ जीबी र्‍याम तथा २५६ इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य ६९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

साथै कम्पनीले एक वर्षसम्म स्क्रिन ब्रेकेज इन्स्योरेन्सको सुविधा दिएको छ ।एन्ड्रोइड ११ मा आधारित अक्सिजन ओएस ११.३ मा रन हुने यो फोनमा ९० हर्ज रिफ्रेस रेटसहित ६.४३ इन्चको फुल एचडी प्लस (१०८०-२४०० पिक्सेल) फ्लुइड एमोलेड डिस्प्ले र २०ः९ आस्पेक्ट रेसियो रहेको छ ।

फोनमा मिडियाटेक डाइमेन्सिटी १२००-एआई चिपसेट छ । त्यस्तै ५० मेगापिक्सेलको सोनी आईएमएस ७६६ प्राइमेरी सेन्सरसहित ट्रिपल रियर क्यामेरा सेटअप छ ।

सेल्फीका लागि ३२ मेगापिक्सेलको क्यामेरा दिइएको छ । त्यस्तै फोनमा ४५०० एमएएचको ब्याट्री छ, जसले ६५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ ।

प्रकाशित मिति: Jul 27, 2021

प्रतिक्रिया दिनुहोस्