Logo
७ बैशाख २०८१, शुक्रबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बकर इद पर्वले सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता अभिवृद्धि गर्छ : प्रदेश प्रमुख

प्रदेश नं २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले इद-उल-फितर अर्थात् रमजान पर्वको ७०औँ अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुसलमान खाजुभाइ दिदिबहिनीमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुका कामना गर्दै शुभकामना दिएका छन् ।

उनले यो पर्वले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवद्र्धनका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

“ इद-उल-फितर अर्थात् रमजान पर्वको ७०औँ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली मुसलमानहरुमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुका कामना गर्दछु । आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवद्र्धनका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने विश्वास लिएको छु । साथै कोरोनाको विश्वव्यापी प्रभाव कायमै रहेकोले सामाजिक दुरी र सुरक्षा मापदण्ड अपनाएर मात्रै ईद मनाउन सम्पूर्ण धर्मावलम्बी दाजुभाईमा अपिल गर्दछु ।”

साथै कोरोनाको विश्वव्यापी प्रभाव कायमै रहेकोले सामाजिक दुरी र सुरक्षा मापदण्ड अपनाएर मात्रै ईद मनाउन सम्पूर्ण धर्मावलम्बी दाजुभाईमा अपिल समेत गरेका छन् ।

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्