Logo
२९ बैशाख २०८१, शनिबार
(July 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगातार वर्षाका कारण सप्तकोशीमा पानीको बहाव उच्च, २९ वटा ढोका खोलियो

पूर्वी पहाडी जिल्लामा लगातार पानी परेका कारण सप्तकोशीमा पानीको बहाव उच्च भएको छ ।

सप्तकोशीमा मङ्गलवार दिउँसो ४ बजे पानीको बहाव बढेर प्रतिसेकेन्ड २ लाख २३ हजार ४ सय १५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

पानीको बहाव उच्च भएपछि ब्यारेजको ५६ ढोका मध्य २९ वटा ढोका खोलिएका छन् ।सप्तकोशीमा पानी बडेपछि कोशी आसपासका बासिन्दालाई सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

कोशीको बाढीबाट हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गोताखोर सहितको सशस्त्र प्रहरीको उद्धार टोली कोशी आसपासका क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षले जानकारी दिएका छन् ।

सप्तकोशीमा पानीको बहाव उच्च हुँदा समेत कोशी ब्यारेजका सबै ढोका नखोलेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । भारत सरकारको नियन्त्रणमा रहेको कोशी ब्यारेजका सबै ढोका नखोलेका कारण वर्षेनि कोशी आसपासका खेती योग्य जमिन र मानव बस्ती डुवानमा पर्ने गरेका छन् ।

प्रकाशित मिति: Jul 20, 2021

प्रतिक्रिया दिनुहोस्