Logo
१५ बैशाख २०८१, शनिबार
(July 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै धर्मको सम्मान गर्नुपर्छ भन्दै प्रदेश प्रमुख अहिराज पुगे प्रार्थनाका लागि मस्जिदमा

प्रदेश नं २ का प्रदेश प्रमुख डा.राजेश अहिराज आज महोत्तरीको मटिहानी रोज्जा मजारमा पुगेर प्रार्थना गरेका छन् । सबै धर्म, सम्प्रदाय, भाषाभाषीको सम्मान गर्नुपर्ने भन्दै उनले मस्जिदमा पुगेर प्रार्थना गरेका हुन् ।

त्यस्तै प्रदेश प्रमुख अहिराजले आजै महोत्तरीको मटिहानी नगरपालिकामा रहेको नेपालकै जेठो संस्कृत विद्यालय श्री राजकीय संस्कृत माध्यमिक विद्यालयकोबारेमा बुझेका छन् ।

प्रदेश प्रमुख अहिराज आज महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ०८ स्थित श्री राजकीय संस्कृत माध्यमिक विद्यालय पुगेर विद्यालयको अवस्था , पठनपाठनको अवस्थाबारे बुझेका हुन् ।

पृथ्वीनारायण साहका ससुराले स्थापना गरेको सो विद्यालय विक्रम सम्बत १७७५ मा स्थापना भएको भनिएता पनि विद्यालयको प्रमाणिक अभिलेखमा विक्रम सम्बत १८८२ रहेको छ ।

सो विद्यालयमा अध्ययन विकट पहाडी जिल्लाका विद्यार्थीको व्यवहारले पहाड मधेशको सम्बन्ध झन प्रगाढ भएको प्रधानाध्यापक  बताछन् ।

प्रकाशित मिति: Jul 20, 2021

प्रतिक्रिया दिनुहोस्