Logo
२९ बैशाख २०८१, शनिबार
(July 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाद्वारा जोन्सन खोप अभियान शुभारम्भ, केन्द्रमा भीडभाड नगरी लगाउन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले अनुदानका दिएको कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट उदघाटन गरेका छन् ।

जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर उदघाटन गरेका हुन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी थिए ।

अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपहार स्वरुप दिएको थियो । यो खोप एक डोजमात्र लगाए पुग्छ ।

उक्त खोप आजबाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।

 

प्रकाशित मिति: Jul 19, 2021

प्रतिक्रिया दिनुहोस्