Logo
२९ बैशाख २०८१, शनिबार
(July 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज यी नदीहरूमा पानीको बहाव बढ्ने, सतर्क रहन आग्रह

मनसुनी सक्रियताका कारण बर्षा हुने् क्रम नरोकिएपछि देशका नदीनालाहरुमा पानीको आज पनि बढ्ने हुँदा सर्तक रहन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज महाकाली, कर्णाली, नारायणी, कोशीलगायतका प्रमुख नदीमा पानीको बहाव बढ्ने विभागको पूर्वानुमान छ । सहायक नदीहरू भेरी, मर्स्याङ्दी, बुढीगण्डकी, त्रिशूली, सुनकोशी, भोटेकोशी, तामाकोशीलगायत तिनाउ, बबई जलाधारका सहायक नदीहरूमा बहाव पनि पानीको मात्रा बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । विभागले तटीय क्षेत्रहरू तथा डुवान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै हाल सप्तरीको बर्मजिया र आसपास पछिल्लो तीन घण्टामा भारी वर्षामापन भएकाले माउली खोलालगायत अन्य साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भन्दै दिउँसोसम्मै सतर्क रहन महाशाखाको अनुरोध छ ।

 

प्रकाशित मिति: Jul 19, 2021

प्रतिक्रिया दिनुहोस्