Logo
१६ बैशाख २०८१, आईतबार
(July 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारद्वारा ११ देशका लागि राजदूत नियुक्ति सिफारिस खारेज

सरकारले पूर्व प्रधानमन्त्री केपी ओलीको सरकारले ११ देशका लागि राजदूत नियुक्ति सिफारिस गरेको खारेज भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ‘एग्रिमो’का लागि सम्बन्धित मुलुकहरुमा पत्राचार गरिसकेको भएता पनि त्यसलाई रद्द गर्ने निर्णय गरेको हो ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि बसेको ५ सदस्यीय मन्त्रिपरिषद्ले गरेको यो पहिलो महत्वपूर्ण निर्णय हो ।केपी ओली सरकारले गत जेठमा ११ मुलुकका लागि राजदूत सिफारिस गरेको थियो ।

ओली सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, अस्ष्ट्रेलियाका लागि सुम्निमा तुलाधरलाई राजदूत तोकेको थियो ।

त्यसैगरि, रुसका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरबियाका लागि मेराज मुसलमानलाई राजदूत तोकेको थियो ।

बहराइनका लागि राजदूतमा सिफारिस गरिएका पूर्वमन्त्री कार्कीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा पनि परेको थियो ।

सर्वोच्चले कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारी निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित मिति: Jul 18, 2021

प्रतिक्रिया दिनुहोस्