Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाको सपथग्रहणमा एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष ठाकुर अनुउपस्थित

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ समारोहमा निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुर अनुउपस्थित देखिएका छन् ।

पूर्वप्रधानमन्त्रीसहित शीर्ष नेताहरु सपथग्रहण समारोहमा पुगेपनि प्रधानमन्त्री ओली भने शीतलनिवास गएका छैनन् ।

ओलीनिकट स्रोतका अनुसार अघिल्लोपटक आफ्नो सपथ समारोहमा देउवासहित पूर्वप्रधानमन्त्रीहरु नगएको भन्दै ओली अनुपस्थित भएका हुन् ।

संविधानको धारा ३ बमोजिम ओलीले प्रधानमन्त्रीको सपथ लिँदा विपक्षी दलको नेता रहेका देउवासहित पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई अनुपस्थित थिए ।

 

प्रकाशित मिति: Jul 13, 2021

प्रतिक्रिया दिनुहोस्