Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बच्चा जन्माएपछि अभिनेत्री शिखाको ‘टपलेस पोज’, प्रयोगकर्ता भन्छन् ‘तपाईंबाट यस्तो आशा थिएन’

भारतीय टेलिभिजनको चर्चित टेलिश्रृखंला ‘कुमकुम भाग्य’की अभिनेत्री शिखा सिंह(आलियां) पछिल्लो समय व्यक्तिगत जीवनका कारण चर्चामा रहेकी छन् ।

उनले केही समयअगाडि मात्रै बच्चालाई जन्म दिएकी थिइन् । केही समयअगाडि मात्रै आमा बनेकी शिखाको पछिल्लो समय टपलेस तस्बिरले निकै चर्चा पाएको छ ।

भर्खरै जन्मिएकी छोरीको हेरचाहमा टेलिभिजनका सिरियलमा समेत नदेखिएकी शिखाले सामाजिक सञ्जालमा एउटा तस्बिर हालेकी छन् ।

उनको उक्त तस्बिर सामाजिक सञ्जालमा शेयर भएपछि उनका प्रशंसक र सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको तस्बिरमा विभिन्न प्रकारका प्रतिक्रिया जनाएका छन् ।

उनका केही साथीहरुले उनको पछिल्लो तस्बिरलाई निकै मन पराएका छन् । उनको बोल्डनेसको तारिफ पनि गरेका छन् । उनले काम गरेको सिरियल ‘कुमकुम भाग्युकी प्रमुख भूमिकामा रहेकी श्रृटि झाले लेखेकी छन्,’ म अब घर आउँ?’ अर्की अभिनेत्रीले लेखेकी छन्, ‘बर्निंङ फायर!’

उनले जुलाई ७ मा पोस्ट् गरेको उक्त तस्बिरमा शिखा टपलेस छिन् । उनको तस्बिरमा आलोचना पनि उत्तिकै आएका छन् । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले शिखाबाट यस्तो तस्बिरको आशा नगरेको समेत बताएका छन् ।एजेन्सी

प्रकाशित मिति: Jul 11, 2021

प्रतिक्रिया दिनुहोस्