Logo
१५ बैशाख २०८१, शनिबार
(July 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले कार्यदलले बनाएको सहमतिको दस्ताबेज आज स्थायी कमिटीबाट पास गरेर सार्वजनिक गर्दै

नेकपा एमालेको कार्यदलको बैठकले पार्टीको आन्तरिक विवाद समाधान गर्दै बनाएको सहमतिको दस्ताबेजलाई आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

हिजो शनिवारको बैठकबाट सहमतिको अन्तिम टुङ्गो लागेको सहमतिको दस्ताबेजलाई आज दिउँसो स्थायी कमिटीको बैठकबाट सार्वजनिक गर्ने तयारी रहेको कार्यदलका एक नेताले जानकारी दिएका छन् ।

शनिवार बसेको बैठकबाट नेताहरूले सहमति जुटिसकेको र आइतबार बिहान बैठक बसेर औपचारिकरूप दिने बताएका थिए । नेकपा कार्यदलले लगातार बैठक बसी आन्तरिक द्वन्द्वलाई चिर्दै सहमतिको बिन्दुमा पुगेको सङ्केत गर्दै आइरहेको छ ।

कार्यदलका सदस्यहरू अहिले आन्तरिक छलफलमा जुटेका छन् । कार्यदलले जुटाएको सहमति पत्रमा आजै हस्ताक्षर गरी स्थायी कमिटी बैठकमा पेस गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।

आज दिउँसो बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन गरी आजै सार्वजनिक गर्ने तयारी भएको छ ।भोलि सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन मुद्दाको फैसला सुनाउने तयारी गरेको छ । त्यस अघि एमालेले पार्टी एकताको सन्देश दिने तयारी गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तथा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर गरिएको रिटमाथि सुनुवाइ पूरा गरी हेर्दा हेर्दैमा राखेर सर्वोच्चले यसअघि नै २८ गते पेशी तोकेको छ ।

सर्वोच्चको फैसला जे आए पनि पार्टी एक भएमा त्यसको खासै असर नपर्ने एमालेका नेताहरूको बुझाई छ ।

 

प्रकाशित मिति: Jul 11, 2021

प्रतिक्रिया दिनुहोस्