Logo
६ जेष्ठ २०८१, आईतबार
(July 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्दुकधारीद्धारा राष्ट्रपति मोइजेको हत्या, नागरिकलाई संयमता अप्नाउन प्रधानमन्त्रीको आग्रह

बन्दुकधारीले हैटीका राष्ट्रपति जोभेनेल मोइजेको हत्या गरेका छन् । निजी निवासमा बसिरहेका राष्ट्रपतिमाथि सशष्त्र आक्रमण हुँदा राष्ट्रपतिकी पत्नी घाइते भएकी छिन् ।

घाइते राष्ट्रपति पत्नीलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । हैटीका अधिकारीहरुका अनुसार स्थानीय समयानुसार बुधबार बिहान १ बजे उक्त आक्रमण भएको थियो ।

स्पेनी भाषा बोल्ने केही बन्दुकधारीको जत्थाले उक्त आक्रमण गरेको जनाइएको छ । आफूलाई डीइए एजेन्ट बताउने समूहका लडाकुले उक्त आक्रमण गरेको अधिकारीले स्थानीय लोकलटेन न्यूजलाई बताए ।

प्रधानमन्त्री क्लाउडे जोसेफले घटनाको निन्दा गर्दै संयमता अपनाउन हैटीका नागरिकलाई आग्रह गरेका छन् । मोइजे हैटीका ४२ औं राष्ट्रपति थिए ।

प्रकाशित मिति: Jul 7, 2021

प्रतिक्रिया दिनुहोस्