Logo
५ जेष्ठ २०८१, शनिबार
(June 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर २४ घण्टामा २६३६ नयाँ कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु

नेपालमा आज थप २ हजार ६३६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७४८ जनामा गरिएको परीक्षणमा २ हजार ६३६ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार ७ हजार २५९ जनामा आरटी पीसीआर र ४ हजार ४८९ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट १ हजार ७२८ र एन्टिजेनबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा आज थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुने मृतकको संख्या ९ हजार ७१ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना संक्रमित कोरोनामुक्त भएका छन्।

प्रकाशित मिति: Jun 29, 2021

प्रतिक्रिया दिनुहोस्