Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिमको मन्त्रीको संख्यासम्बन्धी विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सुदूरपश्चिममा मन्त्रीको संख्यासम्बन्धी विवादमा सर्वोच्चअदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

मन्त्रीको संख्यासम्बन्धी विवादमा सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

उक्त रिटमा न्यायाधीश दीपककुमार कार्की र कुमार रेग्मीको आज बसेको सर्वोच्चको संयुक्त इजलासले धारा १६८ ९९० को विषय समावेश भएकाले तत्काल अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएको हो ।

विषयवस्तुको गाम्भीर्यता हेरी यो विषय शीघ्र निरुपण हुनुपर्ने भन्दै सर्वोच्चले ७ दिनभित्र पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ ।

सुदूरपश्चिममा प्रदेशसभा संख्याको २० प्रतिशतभन्दा बढी मन्त्री रहेको भन्दै अधिवक्ता कमलसिंह राना, अपेक्षा निरौला र सुरेश रोकायाले रिट दायर गरेका थिए ।

उनीहरुले ५२ सदस्यीय प्रदेशसभामा ११ सदस्यीय मन्त्रिपरिषद बनाउनु संविधानको धारा १६८ विपरीत हुने जिकिर गरेका थिए ।उक्त रिटमा गत आइतबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सुदूरपश्चिम प्रदेश सरकारसँग त्यसबारे लिखित जवाफ मागेको थियो ।

 

प्रकाशित मिति: Jun 20, 2021

प्रतिक्रिया दिनुहोस्