Logo
२९ बैशाख २०८१, शनिबार
(June 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असार ७ गतेदेखि बैंकहरुका सबै शाखामा कारोबार खुला गर्ने

असार ७ गतेदेखि बैंकहरुका सबै शाखामा कारोबार खुला गर्ने बैंकर्स संघले जनाएको छ । कोरोना महामारीका कारण हाल बैंकहरुले सीमित शाखाबाट आलोपालोमा मात्र सेवा दिइरहेका छन् ।

सरकारले यही असार ७ गतेदेखि निषेधाज्ञालाई खुकुलो पार्ने जनाएसँगै संघले बैंकका सबै शाखाको सेवा पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी निक्षेप झिक्ने र राख्ने सेवा मात्र सञ्चालनमा छ भने शाखा पनि २ बजेसम्म मात्र सञ्चालनमा छन् ।अब ५० हजारभन्दा कमको निक्षेप पनि स्वीकार गरिने भएको छ ।

यसअघि बैकमा भीडभाड बढेको भन्दै राष्ट्र बैंकको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने बैंकर्स संघले निर्णय गरेको थियो ।

प्रकाशित मिति: Jun 18, 2021

प्रतिक्रिया दिनुहोस्