Logo
१५ बैशाख २०८१, शनिबार
(June 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठाकुरद्वारा आफ्ना खेमा परिवर्तन गर्ने सबै नेताहरूलाई कारवाही, २० नयाँ कार्याकारणी सदस्यहरु थप

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले आफ्नो खेमा परिवर्तन गर्ने नेताहरूलाई हटाएर कार्यकारणी समितिमा २० जना थप गरेका छन् ।

श्रोतका अनुसार जसपा बन्ने बेलामा राजपा पक्षबाट कार्यकारणी समितिमा जाने नेताहरूलाई हटाएर समिति बिस्तार गरेका हुन् ।

प्रदेश २ स्थित सरकार बिस्तार गर्ने क्रममा पुर्व राजपाका नेताहरू अर्का अध्यक्ष उपेन्द्र यादवको खेमामा प्रवेश गरेका थिए ।

ठाकुरले यसअघि नै उपेन्द्र यादवलाई कारवाही गरिसकेका छन् भने महेन्द्रराय यादव, रामनरेशराय यादव, गजादर यादव, रमेश यादव, मृगेन्द्रसिंह यादव, र नवलकिशोर साहलाई कार्यकारिणी समितिबाट हटाएका हुन् ।

ठाकुरले संघीय सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका एकबाल मियाँ, पर्यटनमन्त्री उमाशंकर अरगरीया, श्रममन्त्री विमल श्रीवास्तव, सहित प्रमोद साह, सन्तोष मेहता, राजीव झा, उपेन्द्र महतो, बिनोद सिंह, सुरेन्द्र झा लगायतका नेताहरूलाई थप गरेका छन् ।

ठाकुरले कार्यकारिणी समिति थप गरेर उक्त कागजात अध्यवधिक गर्न निर्वाचन आयोग पठाएका छन् । यद्यपि यसलाई औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । थप गरिएका सबै नेताहरूसँग छुट्टाछुट्टै रूपमा हस्ताक्षर गराएका छन् ।

जसपा बन्ने क्रममा २५ जना यादव नेतृत्वको पुर्व सपाबाट र २६ जना पुर्व राजपाबाट नेताहरूलाई राखेर ५१ सदस्य कार्यकारणी समिति बनाईएको थियो ।

बिधान पार्टी सम्बन्धि कुनैपनि ठूला निर्णय पदाधिकारी समितिबाट गर्ने र त्यसलाई कार्यकारणी समितिबाट पास गर्ने प्रावधान उल्लेख छ ।

त्यसैगरी कुनैपनि आधिकारिक पत्रचारमा दुवै अध्यक्षको निर्णय हुनुपर्ने प्रावधान रहेको छ ।

जसपा बन्ने बेलामा ५ जना पदाधिकारी मात्र कायम गरिएको थियोे जसमा अध्यक्षद्वय ठाकुर- यादव, राजेन्द्र महतो, अशोक राई र डा. बाबुराम भट्टराई थिए ।

हेर्नुस् त्यो बेलाको आधिकारिक कागजातहरु :

प्रकाशित मिति: Jun 16, 2021

प्रतिक्रिया दिनुहोस्