Logo
१८ बैशाख २०८१, मंगलबार
(June 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिल्ली जाने तयारीमा रहेका झलनाथलाई भेट्न ईश्वर पोखरेल पुगे नर्भिक अस्पताल

नेपालमा संभव नभएपछि भारतको नयाँ दिल्ली जान लागेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई एमाले महासचिव ईश्वर पोखरेलले भेट गरेका छन् ।

एमाले नेता समेत रहेका खनाल थप उपचारका लागि दिल्ली जान लागेको खबर पाएपछि एमाले महासचिव पोखरेल बुधबार उनलाई भेट्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए ।

आफूलाई भेट्न आएका महासचिव पोखरेललाई खनालले पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरिएको बताईएको छ ।

अक्सिजनको सपोर्टमा उपचारत खनाल बोल्न सक्ने अवस्थामै रहे पनि स्वास्थ्य स्थिति जटिल देखिएको बताईएको छ ।

प्रकाशित मिति: Jun 16, 2021

प्रतिक्रिया दिनुहोस्