Logo
१८ बैशाख २०८१, मंगलबार
(June 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिंदै

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि आज नयाँ दिल्ली लगिंदै छ ।

स्वास्थ्यमा समस्या आएपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका  खनाललार्ई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।

खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।खनाललाई ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि गत सोमबार बिहान काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।

 

 

 

प्रकाशित मिति: Jun 16, 2021

प्रतिक्रिया दिनुहोस्