Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बादलको कोटाबाट नैनकला, प्रभु साहको कोटाकाट ज्वालाकुमारी र योगेशको कोटाबाट गणेश पहाडी सहित ८ मन्त्री थप

प्रधानमन्त्री केपी शर्मा ओलीले बिभिन्न नेताहरको कोटाबाट बिभिन्न ८ जना नयाँ मनत्री थपेका छन् । प्रधानमन्त्रीले पुर्व गृहमन्त्री तथा प्रचण्डबाट ओली खेमामा आएका नेता रामबहादुर थापा बादलको कोटाबाट नैनकला थापा, प्रभु साहको कोटाकाट ज्वालाकुमारी साह र योगेश भट्टराईको कोटाबाट गणेश पहाडी सहित ८ मन्त्री थपेका हुन् ।

अहिले केहि बेरमा उक्त नवनियुक्त मन्त्रहिरले सपथ लिनेछन् । प्रधानमन्त्री ओलीले विस्तार गर्न लागेको मन्त्रिमण्डलमा नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएकी छन्।

उनी पूर्वगृहमन्त्री रामबहादुर थापा ुबादलु की श्रीमती हुन्। सर्वोच्च अदालतले जेठ ६ गते दिएको आदेशअनुसार सांसद नरहेका बादलको पद खारेज भएको थियो।

नेकपा एकता खारेज भएपछि अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका बादललाई ओलीले यसअघि राष्ट्रिय सभा सदस्य पनि बनाउन खोजेका थिए।

तर बागमती प्रदेश सभामा भएको राष्ट्रियसभा उपनिर्वाचनमा बादल पराजित भएपछि उनको सांसद र मन्त्री पद गएको थियो। माओवादी छाडेर आफूतिर आएका बादललाई पुरस्कारस्वरूप प्रधानमन्त्री ओलीले बादलकी श्रीमती नैनकलालाई मन्त्री बनाएका हुन्।

सञ्चारमन्त्री बनेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन्। २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछिका १५ वर्षसम्म उनी कहिल्यै सांसद भएकी थिइनन्। केही समय शिक्षण पेशामा रहेकी थापा २०६४ पछि महिला आयोगको प्रमुख बनेकी थिइन्।

मन्त्रीबाट पदमुक्त भए पनि बादलले पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका थिएनन्।

त्यस्तै, प्रधानमन्त्री ओलीले विस्तार गर्न लागेको मन्त्रिमण्डलमा ज्वालाकुमारी साह कृषि मन्त्री बन्न लागेकी छन्। साह तत्कालीन माओवादीबाट प्रदेश २ मा प्रदेशसभा सांसद निर्वाचित भएकी थिइन्।

बाराबाट सांसद निर्वाचित साह नेकपा हुँदा बाराकी सहइन्चार्ज थिइन्। नेकपाको एकता खारेज भएपछि ओलीतिर लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले उनीसहित चार जनालाई सांसद पदबाट हटाइदिएका थिए।

अहिले ओलीले उनलाई प्रदेश २ को एमाले अध्यक्ष बनाएका छन्।

त्यसैगरी प्रधानमन्त्रीले गणेश पहाडी सामान्य प्रशासन मन्त्री बनाएका छन् । पहाडी केही समयअघिसम्म एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा थिए।

नवौं महाधिवेशनमा उनी नेपालको प्यानलबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका हुन। पछिल्लो समय उनी योगेश भट्टराईको समुहमा थिए । ओलीले उनलाई भट्टराईको सिफरिसमा मन्त्री बनाएका हुन् ।

एमाले र राजपाका नेताहरूलाई समेटेर प्रधानमन्त्री ओलीले एक राज्यमन्त्रीसहित आठ जना मन्त्री थप्न लागेका छन्।

गृहमन्त्रीमा एमालेका खगराज अधिकारी, सञ्चार मन्त्रीमा नैनकला थापा, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ, उद्योग मन्त्रीमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशा विकलाई ओलीले आज मन्त्री बनाउन लागेका छन्। आजै अपरान्ह मन्त्रीहरूको सपथ ग्रहण गराउने कार्यक्रम छ।

मन्त्री बनेकाहरू अधिकांश प्रदेश नम्बर २ का छन्। ओलीले २५ सदस्यीय मन्त्रीमण्डलमा १४ जना प्रदेश नम्बर २ बाट बनाएका छन्। जुन ५६ प्रतिशत हो।

यसअघि गत जेठ २१ गते प्रधानमन्त्री ओलीले राजपाका एक उपप्रधानसहित १० मन्त्रीहरूसमेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए। त्यसबेला जसपाबाट राजेन्द्र महतो उपप्रधान तथा सहरी विकास मन्त्री भएका थिए भने शरदसिंह भण्डारी ऊर्जा मन्त्री भएका थिए।

अनिलकुमार झा खानेपानी मन्त्री, लक्ष्मणलाल कर्ण भूमि सुधार, एकवाल मियाँ खेलकुद मन्त्री, विमल श्रीवास्तव श्रममन्त्री, उमाशंकर अरगरिया, पर्यटन मन्त्री, चन्दा चौधरी महिला तथा बालबालिका मन्त्री, रेनुका गुरूङ महिला राज्यमन्त्री र चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री बनाएका थिए।

साथै ओलीले जेठ २१ मै एमालेबाट बिष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएका थिए। पौडेल अर्थमन्त्री र महासेठ परराष्ट्र मन्त्री पनि छन्। शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री बनाएका थिए।

उपप्रधानमन्त्री महासेठ र कानुन मन्त्री रहेका लीलानाथ श्रेष्ठ पनि प्रदेश नम्बर २ कै हुन्।

 

प्रकाशित मिति: Jun 10, 2021

प्रतिक्रिया दिनुहोस्