Logo
१५ बैशाख २०८१, शनिबार
(June 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा (उपेन्द्र) र नेपाली कांग्रेसबीच प्रदेश २ मा सत्ता सम्झौता, आजै सपथ

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच प्रदेश २ सरकारमा सहभागीताका लागि सहमति भएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा नेपाली कांग्रेस समाजवादी पार्टी नेतृत्वको सरकारमा सहभागी हुँदैछ ।

आजै साँझ साढे सात बजे कांग्रेसका तीन मन्त्रीको सपथ ग्रहण कार्यक्रम तय भएको समाजवादी पार्टीको तर्फबाट वार्ता समिति सदस्य समेत रहेका भूमी व्यवस्था मन्त्री शैलेन्द्र साहले बताए ।

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव भौतिक पुर्वाधार यातायात तथा सिंचाइ मन्त्री, ओमप्रकाश शर्मा उर्जा तथा खानेपानी मन्त्रालय र वीरेन्द्र सिंह महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको जिम्मा पाएको छ ।

कांग्रेस सरकारमा गएपछि पहिला भन्दा फरक शैलीमा सरकार अघि बढ्ने संसदीय दलका नेता रामसरोज यादवले बताए ।

आज माओवादी केन्द्रसँग मन्त्रालयकोे विषयमा टुंगो लाग्न सकेन ।

छलफललाई निरन्तरता दिँदै मन्त्रालय टुंगो लाग्ने वित्तिकै माओवादी पनि सरकारमा सहभागी हुने वार्ता टोली सदस्य मन्त्री साहले बताए ।

प्रकाशित मिति: Jun 9, 2021

प्रतिक्रिया दिनुहोस्