Logo
५ जेष्ठ २०८१, शनिबार
(June 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घन्टामा थप ४४७२ कोरोना पुष्टि, ६९५१ संक्रमणमुक्त र ९२ जनाको मृत्यु

नेपालमा गएको २४ घण्टामा ४ हजार ४७२ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २ पीसीआर र ५९०१ जनाको एन्टीजेन परीक्षण गरीएको मध्ये  ४ हजार ४७२ जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा ६ हजार ९५१ संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा  ९२ जना कोरोना संक्रमित मृत्यु भएको छ ।

अहिले ८५ हजार ५४४ जना संक्रमित आइसोलेसनमा छन् । अहिलेसम्म नेपालमा ६ लाख ६ हजार १५५ जनालाई संक्रमण पुष्टि भएको छ भने ४ लाख ९७ हजार ९६० जना निको भएका छन् । यस्तै ७ हजार ९९० संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति: Jun 7, 2021

प्रतिक्रिया दिनुहोस्