Logo
१९ बैशाख २०८१, बुधबार
(June 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पालिका नेतृत्वमा गफार अन्सारीको पुनः उम्मेदवारी घोषणा, बिपक्षी नेताहरुलाई चुनौती

प्रदेश १ स्थित सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले अगामी कार्यकालको लागि पुनः उम्मेदवारीको घोषणा गरेका छन् ।

नागरिक टाइम्स Live अन्तरगत सिभिलि मिडिया एण्ड रिसर्च सेन्टरद्वारा आयोजित डिजिटल अन्तरकृयामा बोल्दै अंसारीले दोस्रो कार्यकालका लागि पनि पुनः आफ्नो उम्मेदवारी रहेको भन्दै घोषणा गरेका हुन् ।

सुनसरी जिल्लाकै उत्कृष्ट गाउँपालिकाको रुपमा स्थापित हुन सफल हरिनगर गाउँपालिकाले  यसपटक केन्द्रबाट उत्कृष्टको उपमा पाउँदै निशर्त अनुदान बजेटमा समेत पाउन सफल भएको छ ।

सबै बिपक्षी नेताहरु समेतको उपस्थिती रहेका कार्यक्रममा अन्सारीले विकास निर्माणको सन्दर्भमा चुनौती दिएका थिए ।

कार्यक्रममा जसपाका धर्मवीर आर्य, एमालेका श्रीकृष्ण मेहता, माओवादीका मोहन यादव, कांग्रेसका शिवहरी श्रेष्ठ र सोही पालिकाका बासिन्दा तथा केन्द्रिय स्तरका राजनीतीज्ञ महफूज अन्सारीको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा बिपक्षी नेताहरुले समेत उनको तारिफ नै गरेका थिए । तर जसपामा आर्यले भने उनी धार्मिक कार्ड खेल्ने माहिर नेता रहेको बताएका छन् । ‘हो सडक निर्माणमा उहाँले राम्रो कार्य गर्नु भएको छ तर के यो मात्र विकासले पुग्छ र ?” उनको प्रश्न थियो ।

हरिनगर गाउँपालिकालाई समृद्ध, हराभरा , सुविधा सम्पन्न नमुना गाउँपालिकाको रुपमा हेर्ने आफनो सपना पुरा गर्नकै लागि दोस्रो कार्यकालको लागि पनि आफनो आवश्यकता रहेको महसुस गरेर उम्मेदवारी घोषणा गरेको उनले बताए ।

हेर्नुस् भिडियो : 

प्रकाशित मिति: Jun 4, 2021

प्रतिक्रिया दिनुहोस्