Logo
६ जेष्ठ २०८१, आईतबार
(June 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछिल्लो २४ घण्टामा ६०८५ जनामा कोरोना पुष्टि, ६८ संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १७ हजार १४७ जनाको पिसिआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार २८५ जना र एन्टीजेटमार्फत ८०० जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ ।

देशभर एक लाख ४ हजार ७८९ जना सक्रिय संक्रमित रहेका छन्।त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ।

आज ६ हजार ८९८ जना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ६ हजार ८९८ जना निको भएका हुन्।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ जना पुगेको छ। यो कुल संक्रमण दरको ८० दशमलब २ प्रतिशत हो।

प्रकाशित मिति: Jun 1, 2021

प्रतिक्रिया दिनुहोस्